मिलको फित्तामा बेरिँदा च्यापिएर एक जनाको मृत्यु

   ८ फाल्गुन २०७८, आईतवार १२:५५  

८ फागुन, दार्चुला । दार्चुलाको शैल्यशिखरमा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका ६ पनेबाजमा पिसानी मिलको फित्तामा बेरिएर स्थानीय ५० वर्षीया धनसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिँध्ने क्रममा बेरिँदा च्यापिएर धामीको मृत्यु भएको हो । घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको श्रीमती‚ एक छोरा र दुई छोरी छन् ।