कैलालीबाट खैरो हिरोइनसहित २ जना पक्राउ
८ फागुन, कैलाली । लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका ३ बस्ने २२ वर्षीय वीरेन्द्र बिष्ट र २८ वर्षीय राजु सुनारलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई हिरासतमा लिएको हो । बिष्टको घर खानतलासी गर्दा उनीहरू दुवै जना बिक्री वितरणका लागि खैरो हिरोइनको पोका बनाइरहेको अवस्थामा बरामद गरिएको प्रवक्ता जोशीले जानकारी दिए ।
पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्हरी कार्यालय कैलालीले जनाएको छ ।






