मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु, एक जना उपचाररत
८ फागुन, मकवानपुर । मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका ८ कमानेमा शनिबार गएराति मोटरसाइकल दुर्घटनामा परेर स्थानीय २५ वर्षीय विक्रम वाईबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो करिब १:१५ बजेतिर कमानेबाट क्याम्पडाँडातर्फ आउँदै गरेको ना६३प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ गम्भीर घाइते भएका चालक वाईबालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही मोटरसाइकलको पछाडि सवार भएका स्थानी ३१ वर्षीय रमेश बलको घाइते भएका छन् ।
घाइते भएको रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।






