नयाँबानेश्वरमा आज पनि एमसीसीविरुद्ध प्रदर्शन
६ फागुन, रौतहट । काठमाडौँको नयाँ बानेश्वरमा आज पनि एमसीसीविरुद्ध प्रदर्शन गरिएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।
नयाँ बानेश्वरमा उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।
यस्तै, गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।






