वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ

   ६ फाल्गुन २०७८, शुक्रबार १२:२५  

६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट एक जनालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा वीरेन्द्रनगर नगरपालिका १२ का चन्द्रबहादुर रानाको शरीर खानतलासी गर्दा ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

बाटोमा हिँडिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनको साथबाट १ ग्राम २ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि लागूऔषध बारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।