सुनचाँदको मूल्यमा सामान्य वृद्धि

   ६ फाल्गुन २०७८, शुक्रबार ११:५४  

६ फागुन, रौतहट । नेपाली बजारमा साताको अन्तिम दिन आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँमा बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९६ हजार ५०० रुपैयाँ पुगेको हो ।

यस्तै, तेजाबी सुनको कारोबार आज प्रतितोला ९६ हजार रुपैयाँमा भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो चाँदीको कारोबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।