आफ्नै बुवाको हत्या आरोपमा कीर्तिपुरबाट दुई जना पक्राउ

   ६ फाल्गुन २०७८, शुक्रबार १०:३३  

६ फागुन, रौतहट । आफ्नै बुवाको हत्या आरोपमा कीर्तिपुरबाट दाजुभाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य भएको घरायसी विवादको कारण बिहीबार साँझ आफ्नै बुवा ६५ वर्षीय न्हुच्छे नारायण महर्जनको दुई छोराले हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्घात कुटपिटबाट गम्भीर घाइते भएका वृद्धलाई उपचारका लागि वीर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा हिजो राति नै मृत्यु भएको थियो ।

मदिरा सेवन गरेर दुवै छोराहरुले घरमा विवाद गर्दै बुवालाई निर्घात कुटपिट गरेका थिए । हत्या आरोपमा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिरासतमा लिएको प्रहीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि घटनाबारे अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।