धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक उपचाररत

   ५ फाल्गुन २०७८, बिहीबार १२:२०  

५ फागुन, कैलाली । कैलालीको धनगढीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका १३ राजपुरमा बुधबार बेलुकी ७:१५ बजेतिर मोटरसाइकल पल्टिदाँ कैलालीकै गोदावरी नगरपालिका ५ का ३१ वर्षीय दलबहादुर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल पल्टिदाँ गम्भीर घाइते भएको भट्टराईलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार कैलाली ६ निवासी ३३ वर्षीय यज्ञराज नौलाल गम्भीर घाइते भएका छन् । नौलालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।