महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु
५ फागुन, महोत्तरी । एम्बुलेन्सको ठक्करबाट महोत्तरीमा एक साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको गौशाला नगरपालिका १ रामनगरमा एम्बुलेन्सको ठक्करबाट गौशाला नगरपालिका ११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका अनुसार बुधबार राति ८ बजेतिर गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएको उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।






