आज थप ६३९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

   ४ फाल्गुन २०७८, बुधबार १६:५८  

४ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९ हजार ७ सय ५६ जनाको स्वाब परीक्षण गर्दा जम्मा ६ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बितेको २४ घण्टामा थप १ हजार ६ सय जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा १८ हजार २५१ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।