प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड
४ फागुन, रौतहट । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा जाने निर्णय गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा जाने निर्णय गरेपछि ‘प्रचण्ड’ सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेको स्रोतले जनाएको छ ।
सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन बालुवाटारमा प्रचण्ड पुगेको स्रोतले जनाएकोछ ।
स्रोतका अनुसार जबरजस्ती संसदबाट एमसीसी अघि बढाउन खोजे भने गठबन्धन तोडिने समेत माओवादी केन्द्रले चेतावनी दिएको छ ।






