ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित दुई घाइते

   ३ फाल्गुन २०७८, मंगलवार ११:५९  

३ माघ, सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका ९ मा सोमबार गएराति ९ः३० बजेतिर स१त ६१०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सप्तरीकै छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय सन्तोष सदाको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रड लोड गरिएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका अन्य दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।