कैलालीबाट चरेशसहित एक महिला पक्राउ

   २ फाल्गुन २०७८, सोमबार १४:४९  

२ फागुन, कैलाली । कैलालीको धनगढीबाट लागूऔषधसहित एक महिला पक्राउ परेकी छन् ।

धनगढीको बसपार्क एरियाबाट चरेशसहित गौरीगंगा नगरपालिका ४ बस्ने २६ वर्षीया देउमती साउदलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा कैलाली प्रहरी कार्यालयबाट खटिएको टोली साउदलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकी उनीमाथि यसबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।