खाल्डोमा जमेको पानीमा डुबेर बाँकेमा बालिकाको मृत्यु
२ माघ, बाँके । इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरम्पुर घर भई सोही उद्योगमा काम गर्ने जाहीद शाहको एक वर्षीया सबिना साहको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
खेल्ने क्रममा खाल्डोमा डुबेर ती बालिकाको मृत्यु भएको प्रहरीले अनुमान गरेको हो । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






