बाणगंगाबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
२ फागुन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
बाणगंगा नगरपालिका २ मनकामना सामुदायिक अर्घाखाँची सितगंगा नगरपालिका १४ का २८ वर्षीय खेम मगर र ५० वर्षीय वीरबहादुर सोमैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्स सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले दुवै जनालाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






