फागुन १ देखि रौतहटको विद्यालय खुल्ने
२८ माघ, रौतहट । कोरोना संक्रमण दर घटेसंगै रौतहको विद्यालयहरु खुल्ने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपालसहित जिल्लामा देखिएपछि संक्रमण समुदायमा फैलिन नदिन भन्दैँ पुस २६ गतेदेखि माघ मसान्त सम्म विद्यालय बन्द गरिने स्थानिय प्रशासनले निर्णय गरेको थियो ।
संक्रमण नियन्त्रणका लागि बन्द गरिएको विद्यालय फागुन १ गते (आइतबार)देखि पून सञ्चालनमा आउँने भएको छ ।
जिल्लामा कोरोनाको संक्रमण दर न्युन हुँदै गएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई प्रत्यक्ष रुपमा पठन पाठन गराउन गौर नगरपालिकाले विद्यालयहरुले सूचना जारी गरेको छ ।






