प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो सुनको भाउ

   २३ श्रावण २०७७, शुक्रबार ११:५६  

साउन २३, रौतहट । सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख ३ हजार ५०० रुपियाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । बितेको दिन बिहीबार सुनको भाउ तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ।

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च रहेको छ ।

यस्तै नेपालमा सुनको भाउमा ऐतिहासिक वृद्धिले बजारमा फिर्ता सुनको कारोबार पनि बढेको व्यवसायीहरुले बताएका छन । पुराना गहना फिर्ता बिक्री कारोबार हरेक दिन पाँचदेखि सात किलोको दरले भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । धेरैजसो आर्थिक समस्यामा परेकाहरुले अहिले सुन बेभिरहेको व्यवसायीहरुले बताएका हुन् ।