शक्ति बढाउनका लागि खाने गरिन्छ, चीनमा मुसा
असार १०, रौतहट । कोरोनाको डरले पेन्गोलिन र अन्य दुर्लभ जनावरमाथि प्रतिबन्ध लगाएपछि चीनमा शक्ति बढाउनका लागि मुसा मारिँदैछन् । चिनियाँ सरकारले देशमा जंगली जनावरको व्यापार गर्न र यसलाई खानमा प्रतिबन्ध लगाइदिएको छ । डेली मेल र द ग्लोबल टाइम्सका अनुसार कोरोनाको संक्रमण फैलाउनमा यी मुसाले सघाउ पुर्याइरहेको भन्दै देशले यस्तो कदम उठाएको हो । यहाँको हुबेई प्रान्तको एउटा फार्ममा पहिलो खेपमा १।६ टन मुसा गाडेर मारेको भिडियो सार्वजनिक भएको छ । ब्याम्बो र्याट्स एक विशेष प्रकारको मोटा मुसा हुन् ।
यहाँका जनताले यो खाँदा विशेष रुमा शक्ति बढ्ने र यसमा अत्यधिक पोषक तत्व हुने मान्यता राख्छन् । चिनियाँ चिकित्सामा पनि यसलाई अत्यधिक मात्रामा प्रयोग गरिन्छ ।
चीनमा महामारीको केन्द्र हुबेई प्रान्तको शियानन शहरमा हालै ९ सय ब्याम्बो र्याट्स गाडिएको छ । यी मुसालाई स्थानीय किसानले पालिरहेका थिए । तर मुसाबाहेक सातवटा दुम्सीलाई पनि मारियो जसको तौल १४० किलो थियो । मुसालाई मार्नुअघि संक्रमणको खतरा कम हुन्को लागि यसमा लाइम पाउडर पनि छर्किइयो ।
यी मुसाहरु बाँसको प्वालमा बस्छन् । चिनियाँ ब्याम्बो र्याट्सलाई ‘झु सू’ को नामले पनि चिनिन्छ । यिनीहरु लामो र मोटा हुन्छन् । यिनीहरु जंगलमा भएका बाँसको प्वालमा आफ्नो घर बनाएर बस्छन् । त्यसैले यिनीहरुको नाम ब्याम्बो र्याट राख्यिेको छ । यसको तौल पाँच किलोसम्म हुन्छ । र यिनीहरुको लम्बाई १७ इन्चसम्म हुन्छ। यी मुसाहरु को प्रयोग चीनको परम्परागत चिकित्सामा पनि हुन्छ । चिकित्सा पद्धतिको मान्यता अनुसार यी मुसाको मासु खाँदा शरीरबाट विषालु तत्व बाहिर निस्कने गर्छ । चिनियाँ किसानलाई यी मुसाको व्यापार गर्दा राम्रो कमाई हुन्छ । त्यस्तै चिनको ग्रामिण क्षेत्रमा यसलाई अत्यधिक पाल्ने गरिन्छ ।