चोरीको आरोपमा रौतहका दुई जना पक्राउ
२६ माघ, रौतहट । चोरी गरेको आरोपमा रौतहका दुई जना पक्राउ परेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका ७ बस्ने अलिअक्तर मन्सुर र सोही स्थानका आकाश चौधरीलाई चोरी गरेको अभियोगमा महानगरीय प्रहरीले हिरासतमा लिएको छ ।
चन्द्रपुर नगरपालिका ७ घर भई काठमाण्डौँमा डेरा गरी बस्दैँ आएका दुवै जनालाई चोरिएको सामान सहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा उपरीक्षक दिनेशराज मैनानीले जानकारी दिए ।
आरोपी दुवै जनाको साथबाट एक थान रिक्सा, एउटा टिभी र फलामको सेफसमेत बरामद गरिएको प्रहरीले जनाएको । पक्राउ परेका उनीहरुमाथि यसबारे आवश्यक अनुसन्धान सुरु भएको महानगरीय प्रहरीले जनाएको छ ।






