‘मेरो डाक्टर’ एप एक लाखभन्दा बढी डाउनलोड

   २५ माघ २०७८, मंगलवार ११:५५  

२५ माघ, एजेन्सी । मिदास टेक्नोलोजिको हेल्थेकेयर एप (मेरो डाक्टर) एक लाखभन्दा धेरै डाउनलोड भएको छ । सञ्चालनमा आएको आठ महिनाको अवधिमा ३५ हजार बढी विरामीलाई सेवा पुर्याएको कम्पनीले बताएको छ ।

एपमा सूचीबद्ध अस्पतालहरुबाट तीन महिनामा १० हजारभन्दा बढी विरामीहरुले घरबाटै ओपिडि टिकट लिएका छन् । घरबाटै ओपिडि टिकट लिँदा सेवाग्राहीहरुलाई निकै सहज भएको कम्पनीको दावी छ ।

मिदास टेक्नोलोजी विगतदुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्न उल्लेख्य भूमिका खेल्दै आएको छ । मिदासले देशभरका १ सय ५० भन्दा धेरै अस्पतालहरूलाई व्यवस्थापन पक्षमा सहयोग पुर्याउँदै आएको छ ।

एपमार्फत् भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानीगर्न, निर्धारित औषधिहरू प्राप्तगर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न,वाआफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिन्छ । एजेन्सी