घुससहित बाराबाट वडा सचिव पक्राउ
२० माघ, बारा । घुससहित एक वडा सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
बाराको कोल्ही नगरपालिका वडा नम्बर ११ का वडासचिव नायव सुब्बा विनोदप्रसाद साहलाई घुस लिएको आरोपमा पक्राउ गरिएको हो ।
जग्गा नामसारीको सिफारिस गरिदिने प्रयोजनका लागि घुस लिएको सूचनाका आधारमा हेटौँडा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
३५ सय रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका वडासचिव सहित बाराबाट एक वडा सचिव साहमाथि यसबारे आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।






