भेरी अस्पतालमा उपचाररत संक्रमित वृद्धको मृत्यु

   १७ माघ २०७८, सोमबार १०:५९  

१७ माघ, बाँके । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार कोरोना भाइरसविरुद्धको खोप नलगाएका रुकुम पश्चिम आठबीस नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि, यही माघ १५ गते भेरी अस्पतालमा पीसीआर परीक्षण गराएका उनका १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसंगै उपचारका लागि भर्ना भएका उनको आज बिहान ३ बजेतिर मृत्यु भएको छ ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ४१ पुगेको छ ।