घाँटी काटिएको अवस्थामा एक जना भेटिए,

   १० असार २०७७, बुधबार ०७:०१  

१० असार, रौतटह । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । घाइतेलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ। घाइतेको मुटुको धडकन र ब्लड प्रेसर पनि ठिक रहेको अस्पतालले जनाएको छ । र घाइतेको अवस्थो सामान्य रहेको छ ।
अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका प्रहरीले बताए ।
गाउँको दक्षिणतर्फ रहेको सातो माई मन्दिर नजिकै स्थानीय वीरबहादुर राउतको पोखरी छ ।

त्यही पोखरीको डिल छउको धान खेतमा छटपटाइरहेको अवस्थामा स्थानीयले देखेपछि बिहान साढे ५ बजेको करिबमा प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले उनलाई तत्काल उपचारका लागि नेसनल मेडिकल कलेज पठाएको थियो ।

उनी बिहान तीन बजे नै घरबाट निस्किएका थिए । प्रहरीले परिवारका सदस्य र छिमेकीसँग सोधपुछ शुरु गरेको छ । ज्यान मार्ने उदेश्ले धारिलो हतियारले उनको घाँटी काटेको हुनसक्ने आशंका गरिएको छ । घाइते भेटिएको ठाउँबाट एउटा मोबाइल पनि भेटिएको छ ।

घटनामा संलग्न रहेको दुईजनामाथि आशंका भएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले घाइतेको उपचारसँगै प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताए ।

‘अस्पतालले घाँटीमा गहिरो घाउँ भएको कारण शल्यक्रिया गर्नुपर्छ भने । अहिले परिवारका सदस्य र छरछिमेकसँग सोधपुछ गरिरहेका छौं । र घाइतेलाई होस आएपछि उनको पनि बयान लिन्छौं जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजित कुँवरले बताए ।