प्रचण्डको निवास कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
२२ श्रावण २०७७, बिहीबार १३:४४
साउन २२, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
साउन २१ गते बुधबार प्रचण्डको कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमध्ये ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । यद्यपी कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको पुष्टि भएको छैन ।