नेपालमा थपिए १२ हजार भन्दा धेरै संक्रमित, ८ जनाको मृत्यु

   ११ माघ २०७८, मंगलवार १६:५७  

११ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९)को तेस्रो लहर नेपालमा तीव्र रुपमा फैलिन थालेको छ ।

यो अवधिमा मात्रै देशभर १२ हजार भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ हजार ४३२ जनाको कोरोना रिपोर्ट आएको छ ।

यस्तै, बितेको २४ घण्टामा ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५७६ जनामा एन्टिजेन संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा थप ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएको छन् । यससहित हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या ८ लाख २७ हजार २७९ पुगेको छ ।

त्यसैगरी, विगत २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाले ज्यान गुमाएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८८ हजार ९३४ कोरोना संक्रमित उपचाररत रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।