हल्का वर्षा र हिमपातको सम्भावना

   ११ माघ २०७८, मंगलवार १३:३०  

११ माघ, रौतहट । देशभर आंशिकदेखि सामान्य बदली भई हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणलीको प्रभावले देशको पहाडी भू(भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम विदले जनाएको छ । भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।