आगलागीमा परेर गम्भीर घाइते भएको बालकको उपचारकै क्रममा मृत्यु

   २२ मंसिर २०७९, बिहीबार १६:०७  

२२ मंसिर, रौतहट । गत मंसिर ७ गते रौतहटको गौरमा भएको आगलागीमा परेर गम्भीर घाइते भएको एक बालकको उपचारकै क्रममा आज मृत्यु भएको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर १ स्थित इस्लाम कपडा तथा सिरक डसना पसलमा गत मंसिर ७ गते आगलागी हुँदा तीन जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीमा परेर जलेर गम्भीर घाइते भएको १० वर्षीय बालकको जिल्ला अस्पताल गौरमा उपचार सम्भव नभएकोले थप उपचारको लागि पर्साको वीरगञ्ज अस्पतालमा रेफर गरिएको थियो । आज उपचारकै क्रममा ती बालकको मृत्यु भएको छ ।

यस्तै, गत मंसिर ७ गते बुधबार गएराति १०:४५ बजेतिर आगलागी हुँदा रुकसाना खातुन, ईमरान मन्सुरी र सबिना खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीमा परेर लाखौँको क्षति भएको थियो ।