शिक्षकले नै छात्रामाथि द्रुव्यवहार गरेको भन्दैँ स्थानीय आक्रोशीत

   २२ मंसिर २०७९, बिहीबार १५:०४  

२२ मंसिर, रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

बालिकामाथि शिक्षले नै दुव्यवहार गरेको भन्दैँ स्थानीय आक्रोशीत हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नम्बर ४ स्थित जनता माध्यमिक विद्यालयमा अध्यनतर रहेकी एक बालिकामाथि शिक्षले दुव्यवहार गरेको भन्दैँ पीडित बालिकाको परिजनसहित स्थानीय आक्रोशीत भएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवका अनुसार आक्रोशीत स्थानीयलाई शान्त गर्ने क्रममा दुई राउण्ड आशु ग्यास समेत प्रहार गरिएको छ ।

कक्षा ५ मा अध्यनतर रहेकी बालिकामाथि दुव्यवहार गरेको शिक्षक बिरेन्द्र सिंहमाथि कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रेका स्थानीयले दुङगामुडा गर्दा प्रहार र स्थानीयबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।