हँसिया प्रहारबाट एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

   २१ मंसिर २०७९, बुधबार ११:०६  

२१ मंसिर, कैलाली । हँसियाको प्रहारबाट कैलालीमा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

हंसियाको प्रहारबाट जिल्लाको जोशीपुर गाउँपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । हंसिया आक्रमणबाट गम्भीर घाइते भएको भभण्डारीलाई उपचारको लागि टिकापुर अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।

यस्तै, हंसिया प्रहारबाट गम्भीर घाइते भएका अन्य एक जना ४० वर्षीय जयराज भण्डारीलाई टीकापुर अस्पतालमा उपचारको लागि ल्याएपनि सो अस्पतालमा उपचार सम्भव नभएकोले थप उपचारको लागि नेपालगञ्जस्थित मेडिकल कलेज कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यसैगरी, घटना पश्चात् फरार भएको स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नातामा गौरीलाल मृतकका भिनाजु रहेका छन् ।