स्रोत नखुलेको रकमसहित गौरबाट २ जना पक्राउ

   १५ मंसिर २०७९, बिहीबार १०:४५  

१५ मंसिर, रौतहट । स्रोत नखुलेको रकमसहित रौतहटको गौरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजकुमार यादव र सोही स्थानका ३३ वर्षीय राजेश कुमार यादव रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनियाँबाट इन्स्पेक्टर शंकर थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले दुवै जनालाई बुधबार साँझ हिरासतमा लिएको हो । सवारी चेकजाँच गर्ने क्रममा रौतहटको सदरमुकाम गौरस्थित बरहवा पुलनजिक प्रदेश ३९०२९०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट बरामद भएको रकमको स्रोत नखुलेको कारण हिरासतमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाईको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ६४ हजार ८ सय नगद रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।