दुर्घटनामा परेर घाइते भएको युवकको मृत्यु

   १४ मंसिर २०७९, बुधबार १२:११  

१४ मंसिर, मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको बकैया ३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको युवकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २ ०३ ०१८ प २५५७ नम्वरको मोटरसाइकल मंगलबार गएराति दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको श्रीपुर बस्ने ३० वर्षीय श्याम लामालाई उपचारको लागि हेटौंडा अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अचानक अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।