नक्कली नोटसहित मौलापुरबाट ६ जना पक्राउ

   २५ कार्तिक २०७९, शुक्रबार १४:०५  

२५ काक्तिक, रौतहट । नक्कली नोटसहित रौतहटबाट ६ जना पक्राउ परेका छन् ।

नक्कली नोटसहित पक्राउ परेकाहरुको प्रहरीले नाम सार्वजनिक गरेको छैन् ।

८७ हजार नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई रौतहटको मौलापुर नगरपालिकाबाट हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले जानकारी दिए ।

पक्राउ परेको उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।