डोटीमा भूकम्प हुँदा ६ जनाको मृत्यु
२३ काक्तिक, डोटी । डोटीमा भएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । आज बिहान २ बजेर १२ मिनेटमा भएको भूकम्पमा घर भत्किदाँ च्यापिएर ६ जनाको मृत्यु भएको छ ।
डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै, भूकम्पमा परेर घाइते भएकाहरुको घटनास्थलबाट उद्धार गरी उपचारको लागि पठाइएको छ । उद्दारमा नेपाली सेनाको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।






