रुपन्देहीमा दम्पतीको शव फेला
२१ काक्तिक, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा दम्पती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कतारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेकमला जोल्मी मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देवदह नगरपालिका ५ को पाल्पाली टोलमा घर भएका उनीहरु दुवै जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घरभित्र चुकुल लागेकै अवस्थामा श्रीमतीको शव तन्नाले बेरिएको अवस्थामा भुईमा फेला परेको र पङ्खामा झुण्डिएको अवस्थामा श्रीमान् को शव फेला परेको प्रहरीले जनाएको छ ।






