क्रिकेटर सन्दीपलाई थप ४ दिन हिरासतमा राख्न अदातलको अनुमति

   २ कार्तिक २०७९, बुधबार १३:२८  

२ कात्तिक, रौतहट । करणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानोई थप ४ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीपलाई गत असोज २० गते (बिहीबार) नियन्त्रणमा लिएको थियो । बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो ।

काठमाडौंको एक होटलमा गत भदौँ ५ गते लामिछानेले पटक-पटक बलात्कार गरेको भन्दैँ प्रहरीमा उजुरी दिएको थियो ।