क्षेत्र नं. १ मा प्रभाव बढाउदै अजय गुप्ता

   २९ आश्विन २०७९, शनिबार १२:४२  

असोज २९, रौतहट । प्रतिनिधि सभा सदस्यका लागी रौतहटको क्षेत्र नंं १ बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माधव कुमार नेपाललाई यस पटक पूर्व मेयर अजय गुप्ताले कडा टक्कर दिने छन ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधव कुमार नेपाललाई पटक पटक मत दिएका रौतहटका स्थानियले यस पटक गुनासो बढी गरिरहेका छन । प्रधानमन्त्री समेत बनेका व्यक्तिले जिल्लामा समुचित विकास गर्न नसकेकोमा स्थानीयको गुनासो छ । खास गरी जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल निर्माण गराउन नसकेको भन्दै स्थानीयले दुखेसो गरेका छन ।

यस क्षेत्रमा नेकपा एमालेले गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्तालाई पार्टीको उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ । दोश्रो संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल संग करिव झिनो मतले पराजित भएका गुप्ताले यो चुनावमा नेपाललाई कडा चुनौती दिने भएका छन् । गुप्ताले आफ्नो जितका लागि यतीबेला भेटघाटलाई तिब्र पारेका छन ।

एमालेका तर्फबाट क्षेत्र नं. १ को क बाट राजकिशोर यादवसँगको सहकार्यमा गुप्ताले घरदैलो कार्यक्रममा जोड दिइरहेका छन भने एकीकृत समाजवादीका नेता नेपालले पनि गठबन्धनका उम्मेदवारहरुसँग घरदैलो कार्यक्रममा व्यस्त छन ।