कल्भर्टको खाल्डोमा खसेर एक जनाको मृत्यु

   २६ आश्विन २०७९, बुधबार १०:५८  

२६ असोज, रौतहट । निमार्णधीन नालाको खाल्डोमा खसेर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत पर्ने जयनगर चौकस्थित कल्भर्टको खाल्डोमा खसेर एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब ८ बजेतिर जयनगर हस्पिटल निर्माणाधीन कल्भर्टको खाल्डोमा खसेर देवाही गोनाही नगरपालिका वडा नम्बर ३ देवाहीका रामएकबाल साह (तेली)को मृत्यु भएको छ । बुधबार बिहान साईकलमा सवार भई गौरतर्फ जाने क्रममा जयनगर हस्पिटलस्थित अन्य यातायातहरुसंग साइड लिने क्रममा उनी खाल्डोमा खसेका थिए ।

खाल्डोमा खसेर घटनास्थलमै साहको मृत्यु भएको जनाइएको छ ।

यस्तै, कल्भर्ट अधुरो छोडेका ठेकदारलाई पक्राउृ गरि कानुनी कारवाही गर्ने स्थानीय प्रशासनसंग मृतकका आफन्तहरुले माग गरेका छन् ।