एमाले र जसपा गठबन्धन भएका क्षेत्रमा प्रभु साह पक्षको स्वतन्त्र उम्मेदवारी
नेकपा एमाले र जसपा बिच गठबन्धन भएको रौतहटका निर्वाचन क्षेत्रमा प्रभु साह पक्षको स्वतन्त्र उम्मेदवारी परेको छ ।
जसपासंग एमालेले गठबन्धन गरे पछि रुष्ट बनेका पुर्व मन्त्री तथा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य प्रभु साहले रौतहटको ६ स्थानमा स्वतन्त्र उम्मेदवार खडा गरेका छ्न । नेता साहले पार्टीको टिकट त्यागेर क्षेत्र न. ३ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छ्न ।
यसैगरी क्षेत्र न. २ मा किरण साह, २ को ख मा राजन यादव, ३(क) मा केशव राय चौधरी, ३(ख) मा कुन्दन कुशवाहा, १ को (ख) मा राजेश चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।
क्षेत्र न. १ को प्रतिनिधि सभाका लागि अन्तिम समयमा एमालेले गौरका पुर्व मेयर अजय गुप्तालाई टिकट दिएको थियो । यसैगरी १ को क मा राजकिशोर यादवलाई पार्टीले उम्मेदर बनाएको छ । रौतहटको १ को ख मा एमाले जसपा गठबन्धनबाट मधेस प्रदेश सरकारका पुर्व कृषि राज्यमन्त्री योगेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छ्न ।
प्रदेश सरकारमा रहेको जसपाले मधेश प्रदेशमा व्यापक भ्रष्टाचार गरेको छर्लङ्ग हुदाहुदै पनि अनावश्यक गठबन्धन गरेर नेता कार्यकर्तालाइ ठेस पुर्याएको नेता साहको आरोप छ ।
सहमति विरुद्ध उम्मेदवारी दिए पनि जसपाका जिल्लामा उपलब्ध रहेका नेताहरुले प्रतिक्रिया दिन चाहेनन । केन्द्रिय स्तरमा नेताहरुले गरेको सहमति पालना हुनुपर्ने उनिहरुको भनाइ रहेको छ ।






