भोलिदेखि वर्षाको सम्भावना
५ माघ, रौतहट । बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात भई शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।
मौसमविद मञ्जु वासीका अनुसार अहिले प्रदेश नम्बर १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ ।
आज राति र बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । बिहीबारबाट हरेक प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।






