बसमा बम विष्फोट काण्डका २ अभियुक्त पक्राउ
१० असार, रौतहट ।
दश वर्ष अघि यात्रुबाहक बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ ।
२०६७ साल चैत्र ११ गते गौर बाट चन्द्रनिगाहपुर तर्फ जादै गरेको ना२ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुदा १३ जना व्यक्ति घाइते भएका थिए । सो विष्फोटको जिम्मा तत्कालिन भूमिगत समूह तराई जनतान्त्रीक मुक्ती मोर्चाले लिएको थियो ।
सदरमुकाम गौर बाट चन्द्रनिगाहपुर तर्फ गइरहेको बा२ख ५७२१ नम्बरको महाराजा ट्राभल्सको बसमा बिस्फोट भएको थियो ।
विष्फोटमा पर्नेहरु रौतहट करुनिया का ३० वर्षिय शेख इनाजुल, औरैयाका दुर्गा यादव, कलीमुल्लाह, नन्दलाल साह र भिमडावर ५ का विजय साह लगायतका थिए । ।
रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डको भेडीयाहीमा भएको बम विष्फोटको आरोपमा प्रहरीले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलिप कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
घटना पश्चात फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरि कसुर बमोजिमको सजायको लागी जिल्ला अदालत रौतहटमा लग्ने तयारी भइरहेको डिएसपी श्रेष्ठले बताए । दुवै जना उपर ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा रहेको उनले बताए ।