कैलालीबाट एक जना पक्राउ
२८ पुस, कैलाली । कैलालीबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडीबाट सोही स्थानका २७ वर्षीय अशोक पाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अशोकको साथबाट प्रहरीले ११ ग्राम लागूऔषध (ब्राउन सुगर) बरामद गरेको हो ।
गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






