नेकपा एकीकृतका अध्यक्ष माधव नेपाललाई कोरोना पुष्टि

   २७ पुष २०७८, मंगलवार १४:२८  

२७ पुस, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
कोरोना परीक्षण गराउँदा माधव नेपालको कोरोना रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । संक्रमित भएका माधव नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सचिवालयलका अनुसार हाल उनी आफ्नै निजी निवासमा रहेका हुन् ।