कोरोनाका कारण विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
२६ पुस, रौतहट । अगामी माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।
कोरोनाको संक्रमण दर बढेसंगै माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सीसीएमसीको सिफारिस अनुसारक विद्यालय बन्द गर्ने आजै सूचना जारी गर्ने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् ।
कोरोनाको तेस्रो लहर तीव्ररुपमा फैलिएपछि सीसीएमसीले विद्यालयहरु अगामी माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । साहीे सिफारिस सार्वजनिक भएपछि सोमबार शिक्षा मन्त्रालयका अधिकारीहरु बैठक बोलाएर छलफल गरेका हुन् ।






