करणी आरोपमा भारतीय नागरिक पक्राउ
२६ पुस, रौतहट । बलात्कार आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
३२ वर्षीया महिलालाई करणी आरोपमा भारतीय नागरिक मोहमद सहिमलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहिम काठमाडौं महानगरपालिका २१ जनसेवा लगन बस्दै आएका थिए ।
सोही स्थानमा बस्दै आएकी महिलामाथि बलात्कृत गरेको खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरीले जनाएको छ ।






