करणी आरोपमा एक जना पक्राउ
२५ पुस, मोरङ । मोरङमा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको कानेपोखरीका ३४ वर्षीय धनबहादुर विष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ललाईफकाई ती बालिकालाई बिहीबार विष्टले करणी गरेको भन्दैँ पीडितका परिजनले दिएको उजुरीका आधारमा आरोपीलाई हिरासतमा लिएको भोजपुर प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि ईलाका प्रहरी कार्यालय दिङलामा आवश्यक अनुसन्धान भइरहेको छ ।






