दाङबाट चार जना पक्राउ

   २५ पुष २०७८, आईतवार १२:११  

२५ पुस, रौतहट । बाघको छालासहित दाङबाट चार जना पक्राउ परेका छन् ।

जिल्लाको लमही नगरपालिकाद ३ टिक्लिगढबाट बाघको एक थान छालासहित सोही ठाउँ डेरा गरी बस्ने घोराही उपमहानगरपालिका ३ घर भएकी ४२ वर्षीया झरना थापा (धनसरी रेश्मी थापा), उनका श्रीमान् ४५ वर्षीय शंकर (खेमराज गिरी), लमही नगरपालिका १ नर्ति बस्ने ६३ वर्षीय गीर बहादुर बिक र सोही नगरपालिका २ बरुवा गाउँ बस्ने २८ वर्षीय आशा कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

धनसरीको कोठाबाट बाघको छाला किनबेच हुँदैछ भन्ने विषेश सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय लुम्बिनी र वडा प्रहरी कार्यालय लमही दाङबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्ने क्रममा उक्त छाला फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।