नेपालमा एकै दिन थपिए ९६८ संक्रमित

   २३ पुष २०७८, शुक्रबार १६:३३  

२३ पुस, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २द्ध घण्टामा १४ हजार ९ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९६८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, बितेको २४ घण्टामा २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ रहेको छ ।