नेपालमा थपिए २४ जना ओमिक्रोनको संक्रमित

   २३ पुष २०७८, शुक्रबार १३:४३  

२३ पुस, रौतहट । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्टको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा १ हजार १ सय ४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ रिपोर्ट आएको छ ।

एस-जिन नेगेटिभ आएका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा २४ वटै नमुनाहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिइन् ।

नेपालमा पहिलोपटक पुस ७ गते ओमिक्रोनको संक्रमण देखिएको थियो । यो सँगै हालसम्म नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।