सुनचाँदीको भाउ घट्यो
journey fortech
२३ पुष २०७८, शुक्रबार १२:३०
२३ पुस, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, बिहीबार तोलाको १ हजार २ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ प्रतितोलामा आज १० रुपैयाँले घटको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको कारोबार तोलामा १ हजार २ सय २५ रुपैयाँमा भइरहेको छ ।






