चोरिएको मोटरसाइकलसहित ३ जना पक्राउ
२२ पुस, पर्सा । पर्साको वीरगञ्जबाट मोटरसाइकल चोरिरहेकै बेला तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
वीरगञ्ज उपमहानगरपालिका १५ स्थित पार्किङ गरी राखिए प्रदेश २–०३–०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरिरहेकै समय सोही स्थानका अवधेश महतो र सुवास तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार गष्ती टोलीलाई देखेर भाग्न खोजेपनि दुवै जनालाई नियन्त्रणमा लिएको छ ।
यस्तै, वीरगञ्जको घण्टाघरस्थित सडक छेउमा पार्किङ गरी राखिएको ना २५ प ८६६९ नम्बरको मोटरसाईकल चोरी गरिरहेकै अवस्थामा बाराको कोल्हवी नगरपालिका ९ का सविन चौधरीलाई पनि पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार तीनै जनालाई बुधबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






